स्याङ्जा भीरकोटमा बन्यो नमुना पार्क
काठमाडाैं | चैत २०, २०७९
स्याङ्जा: भीरकोट नगरपालिका–१, सिसौघारी आँधीखोला किनारमा निर्माण गरिएको पार्क पछिल्लो समय सबैको आकर्षणको केन्द्र बनेको छ। यो पार्क बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी निर्माण गरिएको छ।
सिद्धार्थ राजमार्गबाट करिब पाँच सय मिटरभित्र रहेको यस पार्कमा आउने सर्वसाधारणको सुरक्षाका लागि सीसी क्यामरासमेत जडान गरिएको छ। देशकै पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालवाटिकाको कल्पनाअनुरूप बालवाटिका एवं भीरकोट पार्क बनाएको हो।
सबै वर्गका लागि सहज रहेको पार्क निर्माणको कल्पना तत्कालीन भीरकोट नगरप्रमुख छायाराम खनालले गर्नुभएको थियो। बालवाटिकाको सोचले निर्माण गरिएको पार्क अहिले नमुना र रमणीय बनेको बताउँदै नगर प्रवक्ता दीपेन्द्र केसीले अवलोकन, वनभोज र भेटघाटका लागि सार्वजनिक बिदाका दिन सर्वसाधारणको भीड लाग्ने गरेको बताउनुभयो।
नगरपालिकाले ४४ रोपनी क्षेत्रफलमा २०७६ सालमा पार्क निर्माण सुरु गरेर दुई करोड रुपियाँको लागतमा दुई वर्षमा निर्माण सकेको हो। पार्कको प्रवेशद्धार गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको हो। सो पार्कमा फूलबारी, साना हरियाली रुखहरू, क्यारी, दुबोका बगैँचा, बस्न र खेल्नका लागि कुर्सी, ट्रस्ट, पोखरी, रमणीय र सुन्दर बगैँचा रहेको छ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

